दफा १०घ
अन्त:शुल्क अधिकृतले अन्त:शुल्क निर्धारण गर्न सक्ने
(१) देहायको कुनै अवस्थामा अन्त:शुल्क अधिकृतले अन्त:शुल्क निर्धारण गर्न सक्नेछ:-
(क) म्यादभित्र अन्त:शुल्क विवरण पेश नगरेमा
(ख) अधुरो वा त्रुटिपूर्ण अन्त:शुल्क विवरण पेश गरेमा
(ग) झुट्टा अन्त:शुल्क विवरण पेश गरेमा
(घ) अन्त:शुल्कको रकम कम देखाएको वा ठीक नभएको भन्ने विध्वास गर्नुपर्ने आधार भएमा
(ङ) बिक्री मूल्यमा न्यून बीजकीकरण गरेको भन्ने विश्वास गर्नुपर्ने आधार र कारण भई दफा ७ को उपदफा (४) बमोजिम पुनः मूल्य निर्धारण वा अतिरिक्त -मूल्य निर्धारण गर्नुपर्ने भएमा
(च) यो ऐन वा यस ऐन अन्तर्गत अन्त:शुल्क लाग्ने वस्तु वा सेवाको उत्पादन प्रतिलब्धि तोकिएकोमा सो अनुसारको उत्पादन प्रतिलब्धि: नपुगेमा
(छ) निष्काशन गरेको मदिरा र चुलाईमा जाने पदार्थको अल्कोहलको मात्रा एक प्रतिशतभन्दा बढी फरक परेमा
(ज) अन्त:शुल्क छलेमा
(झ) इजाजतपत्र नलिई कुनै व्यक्तिले अन्त:शुल्क लाग्ने वस्तु वा सेवाको कारोबार गरेमा,
(ज) अन्त:शुल्क टिकटको मौज्दात किताब अनुसार हुनुपर्ने मौज्दात भन्दा बढी वा घटी मौज्दात फेला परेमा ।
(२) उपदफा (१) बमोजिम अन्त:शुल्क निर्धारण गर्दा अन्त:शुल्क अधिकृतले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाई पेश गर्न पन्ध्र दिनको म्याद दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम गरिएको अन्त:शुल्क निर्धारणको सम्बन्धमा बिभागले अनुगमन गर्न सक्नेछ । अनुगमन गर्दा कुनै त्रुटि देखिएमा महानिर्देशकले पुनः अन्त:शुल्क निर्धारण गर्न आदेश दिन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम अन्त:शुल्क निर्धारण गर्ने वा दफा १०क. बमोजिम पेश गरेको अन्त:शुल्क विवरण जाँच गर्ने प्रयोजनका _ लागि अन्त:शुल्क अधिकृतलाई देहाय बमोजिमको अधिकार हुनेछः-
(क) अन्त:शुल्क दायित्वसँग सम्बन्धित वस्तु स्थान कागजात लेखा तथा अभिलेख जाँच गर्ने
(ख) कुनै व्यक्तिको कारोबार स्थल वा यस ऐन अन्तर्गत कसुर मानिने कार्यसित सम्बन्धित प्रमाण हुनसक्ने सम्भावना भएका अन्य स्थलमा खानतलासी लिने वा सिलवन्दी गर्ने
(ग) आफ्नो कर्तव्यपालनको सिलसिलामा कुनै अभिलेख किताब खाता कागजात तयार गर्ने वा तिनीहरूमा विवरण भर्ने व्यक्तिसँग जानकारी माग गर्ने
(घ) अन्त:शुल्क लाग्ने वस्तु तथा सेवाको कारोबारस्थल वा त्यससँग सम्बन्धित अन्य स्थलमा रहेको कुनै कागजात किताब तथा अभिलेखलाई कब्जा गर्ने वा अन्यत्र लैजाने
(ङ) कारोबार सञ्चालन गर्ने स्थान वा कार्यालय वा अन्य कुनै उपयुक्त स्थानमा अन्त:शुल्कको लेखापरीक्षण गर्ने
(च) अन्त:शुल्क अधिकृतले बैङ्क तथा वित्तीय संस्था लगायत कुनै व्यक्तिसँग अन्त:शुल्क लाग्ने वस्तु वा सेवाको कारोबारको सम्बन्धमा कुनै कुराको जानकारी माग गर्ने ।
(५) यस दफा बमोजिम अन्त:शुल्क अधिकृतले माग गरेको सूचना दिनु बैङ्क तथा वित्तीय संस्था वा सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।